विषालु फल खादा उडिसामा दर्जनौ बच्चाको मृत्यु

विषालु फल खादा उडिसामा दर्जनौ बच्चाको मृत्यु

  • शनिबार, मंसिर ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी मंसीर ४ । भारतको उडिसामा पछिल्लो करीब एक साता भित्र एक सय बच्चाको मृत्युको कारण जापानीज ईन्सेफ्लाईटीस मात्र नभएको विशेषज्ञहरुले बताएका छन् । ईन्डियन ईन्सटीच्युट अफ् टेक्नोलोजीको एक टोलीले थुप्रै बच्चाहरुको मृत्यु विषालु फल सेवनबाट भएके निष्कर्ष निकालेका छन् ।

उनीहरुले मरेका बच्चाहरुको पिशाब टेष्ट गर्दा त्यसमा बिशालु फलको अंश भेटिएको बताएका छन् ।
जंगलमा भेटिने सो फलले दिमाग, मुटु र शरीरलाई खराब तरीकाले असर गर्ने ईन्सटीच्युटका विषेशज्ञ दलका प्रमुख जेकव जानले बताए ।

३२ बच्चाको मृत्यु ईन्सेफ्लाईटीसबाट भएको र अन्य बच्चा विषालु फल खाएर मरेको उनीहरुले बताएका छन् । लगातार थुप्रो बच्चाको मृत्यु भए पछि उडिसामा विरोध प्रदर्शन समेत भएको छ ।
उडिसामा बर्षातको समयमा मात्र पाईने फल बच्चाहरुले खाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी