रुसका विषयमा नवनिर्वाचित राष्टपति ट्रम्पको राजनीति ठिक छैन ः ओबामा

रुसका विषयमा नवनिर्वाचित राष्टपति ट्रम्पको राजनीति ठिक छैन ः ओबामा

  • शुक्रबार, मंसिर ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी मंसिर ३।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले नव निर्वाचित अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी दिनमा रुसले अन्तर्रा्ष्ट्रिय मापदण्ड पालना नगरे रुसको सामना गर्न सुझाव दिनु भएको छ ।

जर्मन चान्सलर एंगेला मर्केलसँग बर्लिनमा भएको भेटवार्ताका क्रममा अमेरिकी राष्ट्रपति ओबामाले यस्तो बताउनु भएको हो । उहाँले रुसका विषयमा नवनिर्वा्चित राष्ट्रपति ट्रम्पको व्यवहारिक राजनीति काम नलाग्ने बताउनु भयो ।

ट्रम्पले रुससँग सकारात्मक सम्बन्ध बनाउन प्रयास गरिरहेको भए पनि त्यो अमेरिकी मूल्य–मान्यता अनुरुप हुनुपर्नेमा ओबामाको जोड थियो । रुसले अमेरिकी मूल्य–मान्यता र अन्तर्रा्ष्ट्रिय मापदण्डलाई भड्काउने प्रयास गरेमा अमेरिकाले उसको सामना गर्नुपर्ने ओबामाको भनाइ थियो ।

राष्ट्रपति ओबामा र चान्सलर मर्केलबीचको भेटवार्ताका क्रममा अमेरिका र युरोपियन युनियन निकट सहयोगीका रुपमा काम गर्ने सहमति भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी