आतंकवादविरुद्ध लड्न अमेरीकी नव निर्वाचित राष्टपति ट्रम्पसँग सहकार्य गर्न सकिने सिरीयाका राष्टपति असादको भनाई

आतंकवादविरुद्ध लड्न अमेरीकी नव निर्वाचित राष्टपति ट्रम्पसँग सहकार्य गर्न सकिने सिरीयाका राष्टपति असादको भनाई

  • बुधबार, मंसिर १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी १ मंसिर ।
सिरियाका राष्ट्रपति बसर अल असादले आतंकवादविरुद्ध लड्न अमेरिकाका नवनिर्वा्चित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहकार्य गर्न सक्ने बताउनु भएको छ ।

ट्रम्पले चुनावी अभियानमा आतंकवादसँग लड्न गरेको प्रतिबद्धता पूरा गरे ट्रम्पसँग सहकार्य गर्न सकिने सिरियाली राष्ट्रपतिको भनाई छ ।

राष्ट्रपति असादले सिरियाप्रतिको वर्तमान अमेरिकी नीतिको आलोचना गरेको पोर्चुगलको सरकारी टेलिभिजनलाई उद्धत गर्दै विविसीले जनाएको छ । अमेरिकाले आफूलाई विश्वको पहरेदार ठानेको उहाँको आरोप थियो ।

अमेरिकाले अहिले सिरियामा सक्रिय आईएस र जिहादी विरुद्ध आक्रमण गरिरहेको छ भने असादविरुद्ध सक्रिय मध्यमार्गी विद्रोहीलाई सहयोग गरेको छ । असादले भने मध्यमार्गी विद्रोहीलाई आतंकवादी समुह भन्दै आउनु भएको छ ।

सिरियामा सन् २०११ को मार्च यता असादको शासन विरुद्ध चलेको संघर्षका कारण ३ लाखभन्दा भन्दा बढीको मृत्यु भइसकेको छ । आधा भन्दा बढी जनसंख्या युद्धका कारण आफ्नो थातथलो छाड्न बाध्य भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी