भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा सात सैनिकको मृत्यु

भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा सात सैनिकको मृत्यु

  • सोमवार, कार्तिक २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कार्तिक २९ एजेन्सी । सेप्टेम्बर १८ को उरी हमला पछि सिमा क्षेत्रमा दिनहू गोली हानाहान भए पछि पछिल्लो पटक गएराति भारतले ठूलो मात्रामा मोर्टार सहित आक्रमण गरे पछिको भीडन्तमा सात जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
पाकिस्तानको ईन्टर सर्भिसेस पव्लिक रिलेसन ( आईएसपीआर) ले जनाएको छ । भारतीय सेनाले यस बारेमा कुनै प्रतिकृया दिएको छैन । आईतबार राति भिंवर ईलाकामा आक्रमण भएको पाकिस्तानी सेनाले जनाएको छ ।
यसैबीच पाकिस्तानी सेना प्रमुख जनरल राहिल सारीफले सिमा क्षेत्रमा भारतीय आक्रमणको डटेर प्रतिवाद गर्न र एक ईन्च माटो र एउटा ढुंगा समेत नछाड्न सेनालाई निर्देशन दिनु भएको छ ।
सेना प्रमुख राहिलले जनरल स्टाफको बैठक तथा भारतीय आक्रमणमा मारिएका ७ सैनिकको अन्तिम संस्कारको क्रममा उक्त निर्देशन दिनु भएको हो । पाकिस्तानी सञ्चार माध्यमका अनुसार अब पाकिस्तानले समेत भारतीय सैनिक पोष्टहरुलाई लक्षित गरेर प्रत्याक्रमण गर्ने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी