एजेन्सी कार्तिक २६ । ईराकी सेनाको अप्रेसनबाट अत्तालिएको आईएस लडाकुले मोसुलमा ४१ जना नागरिकलाई बिजुलीको पोलमा झुण्ड्याएर मारेको छ ।
गत मंगलबार ती सर्वसाधारणलाई मारिएको सयुक्त राष्ट्रसंघको मिसन टोलीले जनाएको छ । टोलीले मोसुलको विभिन्न जिल्लामा कसैलाई गोली हानेर मारेर झुण्ड्याएको र कसैलाई झुड्याएर मारेको बताएको छ ।
सरकारी सेनालाई सहयोग गरेको, आईएसको उर्दी विपरीत मोबाईल फोन प्रयोग गरेको जस्ता आरोपमा यो अत्याचार गरेको अधिकारकर्मीहरुले जनाएका छन् ।
मारिएका सबैलाई सरकारी सेनाको एजेण्ड भनेर आरोप लगाईएको बताईएको छ । अघिल्लो साता मात्रै सेनाले मोसुललाई आईएसको कब्जाबाट मुक्त गराएको घोषणा गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
