डोनाल्ड ट्रम्पको जीतमा अमेरीकी सञ्चार माध्यमले विरोधमा सम्पादकीय लेखे, रुसी सांसदले खुसीमा तालि बजाए !

डोनाल्ड ट्रम्पको जीतमा अमेरीकी सञ्चार माध्यमले विरोधमा सम्पादकीय लेखे, रुसी सांसदले खुसीमा तालि बजाए !

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

कार्तिक २४ एजेन्सी । यो संसारमा लोकतन्त्र बिचित्रको साबित हुदै गएको छ । भर्खरै निर्वाचीत अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हकमा यस्तै सावित हुदै गएको छ ।  संसारभर ट्रम्पको बिजय र संभावित परिणामको विषयलाई लिएर टिप्पणी चलिरहेको छ । परिस्थिति यस्तो भएको छ कि स्वयं अमेरीकाका धेरै प्रख्यात सञ्चामाध्यमहरु ट्रम्पको विरुद्धमा उभिएका छन् ।  उता अमेरीकासगैँ चिसो सम्बन्ध रहेको रुसका सासदहरुले संसद हलमै ताली बजाएर ट्रम्प निर्वाचीत भएकोमा खुसी व्यक्त गरेका छन् ।
अमेरीकी मिडियाहरु यसरी खनिए ट्रम्प विरुद्ध
अमेरीकाको प्रख्यात अखबार युएस टुडेले सम्पादकीय लेखेर नै ट्रम्प राष्ट्रपतिका लागि अनफिट रहेको भनेको छ । उसले अन्तराष्ट्रिय सम्बन्ध व्यवस्थापन गर्ने क्षमतामा आशका व्यक्त गरेको छ ।  त्यसै गरी टेलिग्राफले लेखेको छ , हे भगवान , अमेरीका तिमीले यो के गर्यौ ?

त्यसै गरी न्यूयोर्क टाईम्सले ट्रम्पको जीतले दुनिया हैरान भएको टिप्पणी गरको छ ।

यसै गरी यूरोपेली मिडियाहरुले आधुनिक ईीतहासमा यो अचम्मको परिणाम भन्दै कसरी यस्तो भयो भनी टिप्पणी गरेका छन् ।  चीनीया सञ्चारमाध्यमले ट्रम्पको जीतले अमेरीकी लोकतान्त्रीक प्रणालीमाथि प्रश्न गरेको र ट्रम्पको विजयले व्यापारीक सम्बन्धहरुमा प्रभाव पर्न सक्ने टिप्पणी गरेको छ ।
यस्तै पाकिस्तानी सञ्चारमाध्यमले विषालु अभियान चलाएर पनि ट्रम्पले जीतेको भनेर लेखेका छन् ।  यता भारतीय सञ्चारमाध्यमहरुले भने ट्रम्पको जीतले पाकिस्तान र चीनलाई भन्दा भारतलाई फाईदा हुने टिप्पणी गरेका छन् । रसीयन सरकारी टेलिभिजन रोसीया १ टिभीले यो आश्चर्यचकित परिणाम भएको टिप्पणी गरेको छ ।
युक्रेनको एक सञ्चारमाध्यमले जनताले लगभग क्लिन्टनलाई राष्ट्रपति मानेको तर बिहानै सञ्चार माध्यममा ट्रम्प अगाडी रहेको खबर सुन्दै गए पछि हैरान भएको टिप्पणी गरेको छ ।
विश्व नेताहरुबाट ट्रम्पलाई बधाई
डोनाल्ड ट्रम्प अमेरीकी राष्ट्रपतिमा निर्वाचीत भए लगत्तै रुसी राष्ट्रपति भ्लादिमीर पुटीन, चीनीया राष्ट्रपति सि जिन पिगं ,सहितका विश्वका धेरै देशका राष्ट्र प्रमुखहरुले बधाई दिएका छन् ।  रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले दुवै देशको सम्बन्ध बलियो हुने र मिलेर काम गर्न सकिनेमा आशा व्यक्त गरेका छन् ।
 रुसी सासदले ससद हलमा ट्रम्पको पक्षमा बजाए तालि
ट्रम्पको पक्षमा मत परिणाम आउदै गर्दा रुसी  विदेश मामलाका सचिव निकोनोवले ट्रम्प विजयी भएको सूचना दिए पछि सासदहरुको समुहले ताली बजाएर स्वागत गरेका थिए । रुसले अमेरीकी चुनावमा ट्रम्पको पक्षमा वकालत गर्दै आएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी