‘हिलेरी क्लिन्टन सगरमाथाको चुचुरो नजिकबाट खसिन् ’

‘हिलेरी क्लिन्टन सगरमाथाको चुचुरो नजिकबाट खसिन् ’

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी कार्तिक २४ । अमेरीकी राष्ट्रपतिको बहुप्रतिक्षीत निर्वाचनको अन्तिम अघि सम्म डिमोक्रयाटीक पार्टीकी उम्मेद्धार हिलेरी क्लिन्टन निकै छाएकी थिईन् ।
चरणवद्ध डिवेटहरुमा अग्रता, डोनाल्ड ट्रम्पलाई यौन हिंस्रकको रुपमा देखाउदै महिलाहरुको मत लिन सफल हुनु जस्ता धेरै कुराहरु थिए साथै अमेरीकी ईतिहासमा पहिलो पटक महिला राष्ट्रपति हुने अवसर समेत क्लिन्टनको थियो र यसको स्वभाविक प्रसंसा भईरहेको थियो । अमेरीकी चुनावको २ सय २७ वर्षको ईतिहासमा पनि महिला राष्ट्रपति हुन सकेनन् । यस्तो देखिन्छ कि किन अमेरीकीहरु अझै पनि महिलामाथि विस्वास गर्दैनन् भन्ने सन्देश समेत यो मत परिणामले देखाएको छ । उनले जीतेको भए उनी सगरमाथाको चुचुरोमा पुग्ने थिईन् । अर्थात अमेरीकी ईतिहासमा महिला राष्ट्रपति बन्ने थिईन् । तर यो सपना पूरा असफल भए पछि उनी निराश बन्न बाध्य भएकी छन् ।
उनलाई डेमोक्रयाटीक पार्टीका नेताहरुले एक किसिमले राष्ट्रपतिको सिम्बोलका रुपमा हेर्न थालिसकेका थिए । किन भने अनेकौं सर्वेक्षणहरु क्लिन्टको पक्षमा देखिएको थियो । तर जब ईतिहासको सच्चा समय आयो त्यो बेला हिलेरी सगरमाथाको चुचुरो नजिकबाट खसे जस्तो भईन् । उनले कुनै पनि अमेरीकी महिला राष्ट्रपतिका उम्मेद्धारहरुको तुलनामा बढी मत ल्याएकी हुन् । तर ईतिहास रच्ने अमेरीकी महिला र हिलेरी क्लिन्टनको सपना फेरी अधुरै रह्यो । उनका पक्षमा देखिएका सबै सर्वेक्षणका नतिजाहरु नदीमा बगे जस्ता भए र उनी सगरमाथा पुग्ने बेलामा खसेर फेदमा आएको जस्तै भईन् । खासै नबोले पनि उनले आफ्नो हार स्वीकार गरेकी छन् । उनी समर्थकहरुलाई धन्यवाद दिदै बिदा भएकी छन् ।

     –  एजेन्सीको सहयोगमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी