एजेन्सी कार्तिक २३ । भारत र पाकिस्तनबीच लगातार कास्मीरको नियन्त्रण रेखामा भीषण गोली हानाहान चलिरहेको खबर छ । बिहान स्थानीय समय अनुसार पौने ९ बजेदेखि नियन्त्रण रेखामा पर्ने विभिन्न क्षेत्रमा मोर्टार र गोली प्रहार हुदा एक भारतीय सैनिक र तीन पाकिस्तानी नागरिकको मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार नुसेरा सेक्टरमा एक भारतीय सैनिक जवान मारिएका छन् ।
उता पाकिस्तानी सञ्चार माध्यमले भारतले नागरिक बस्तीमा मोर्टार प्रहार गर्दा ६ वर्षकी बालिका सहित ३ जना नागरिकको मृत्यु भएको उल्लेख गरेका छन् ।
अहिले पनि सिमानामा दोहोरो गोलाबारी चलिरहेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline