अमेरिकामा आज ४५ औं राष्टपतिका लागि निर्वाचन हुदै

अमेरिकामा आज ४५ औं राष्टपतिका लागि निर्वाचन हुदै

ट्रम्प र क्लिन्टनबीच कडा टक्करको संकेत

  • मङ्लबार, कार्तिक २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी कात्तिक २३ ।

अमेरिकाको ४५ औ अमेरिकी राष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ । भावी राष्ट्रपतिका लागि ४ जना चुनावी मैदानमा उत्रिएका छन् ।

जसमा रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प, डेमोक्रेटिक पार्टीका तर्फबाट हिलारी क्लिन्टन, ग्रिन पार्टीका तर्फबाट जिल स्टेन र लिबट्रेरियनबाट ग्यारी जोनसन अन्तिम प्रतिस्पर्धामा रहेका छन् ।

यद्यपी मुख्य प्रतिस्पर्धाका रुपमा भने क्लिन्टन र ट्रम्पलाई हेरिएको अन्तराष्टिय सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो मत सर्वेक्षणले हिलारी क्लिन्टन ट्रम्पभन्दा करिब चार प्रतिशतले अघि रहेको देखाएको छ ।

आजको निर्वाचनमा करिब ८ करोड नागरिकले मतदान गर्ने अनुमान गरिएको छ । राष्ट्रपतिमा निर्वाचित हुनका लागि कूल ५ सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत संख्या अर्थात् २ सय ७० मत आवश्यक पर्छ ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको ४ सय ३५, माथिल्लो सदन सिनेटको संख्या १ सय एवम् डिस्ट्रिक अफ कोलम्बियाको ३ इलेक्ट्रोरल मतका आधारमा इलेक्ट्रोरल मतको समीकरण संख्या ५ सय ३८ तय गरिएको हो ।

यस पटक पनि निर्वाचनको प्रमुख एजेन्डा आर्थिक मुद्दा रहेको छ । क्लिन्टनले दुई प्रतिशत धनाढ्य वर्गको कर वृद्धिको प्रस्ताव गर्नु भएको छ भने ट्रम्पले हाल विद्यमान ३५ प्रतिशतको कर्पोरेट कर १५ प्रतिशतमा झार्ने नीति लिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी