भारतीय सेनाको मोर्टार आक्रमणमा एक प्रहरी सहित ३ पाकिस्तानी नागरिकको मृत्यु

भारतीय सेनाको मोर्टार आक्रमणमा एक प्रहरी सहित ३ पाकिस्तानी नागरिकको मृत्यु

  • सोमवार, कार्तिक २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी कार्तिक २२ । कास्मीरको नियन्त्रण रेखामा भारतीय सेनाले गरेको मोर्टार आक्रमणमा आज एक प्रहरी कन्सटेबल सहित ३ जनाको मृत्यु भएको पाकिस्तानले जनाएको छ । घटनामा पाच जना घाईते भएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रहरी कन्टेबल ईम्तीयाजको नक्याल क्षेत्रमा भारतीय सेनाले गरेको मोर्टार आक्रमणमा मृत्यु भएको र अजनाव विवि नामक महिलाको पजनाव क्षेत्रमा र मान सफिरीको बईधारा गाउमा भएको आक्रमणमा मृत्यु भएको जनाईएको छ ।
साथै भारतीय सेनाले सर्वसाधारण चढेको यात्रुबाहक बसमा मोर्टार खसाल्दा २ जना यात्रु घाईते भएको पनि जनाईएको छ ।
आज बिहानै देखि भारतीय सेनाले पटक पटक मोर्टार र गोली प्रहार गरीरहेको पाकिस्तानी सेनाले जनाएको छ ।
सेप्टेम्बर १८ को उरी आक्रमण पछि भारत र पाकिस्तानबीच युद्धमय स्थिति बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी