कहा छौ केजरीवाल,हामीलाई जिउन गाह्रो भो !

कहा छौ केजरीवाल,हामीलाई जिउन गाह्रो भो !

  • आइतवार, कार्तिक २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

एजेन्सी दिल्ली कार्तिक २१ । अहिले भारतको राजधानी दिल्ली पुरै धुलो मय भएको छ । वायु प्रदुषण साविक भन्दा १५ गुणा बढे पछि जनजीवन अत्यन्त कष्टकर बनेको छ ।भारतीय सञ्चार माध्यमका अनुसार त्याहा रहेको १७ सय स्कुल समेत केही दिनलाई बन्द गरिएको छ । त्यसले १० लाख विद्यार्थी प्रभावित भएका छन् । दिल्लीमा १७ वर्ष पछि पहिलो पटक यति धेरै धुलो उडेको छ । दिल्लीको जन्तर मन्तर सहितका ठाउमा सर्वसाधारणले सरकारको विरोधमा प्रदर्शन गरेका छन् । उनीहरुले प्रदुषणले जनतालाई जिउन गाह्रो भएको भन्दै नेताले कुरा नसुनेकोमा विरोध जनाएका हुन्। उनीहरुले केजरीवालको नामै समेत लिएर विरोध गरेका छन् ।

कसरी फैलियो खराब बायु प्रदुषण 

भारतको महत्वपूर्ण पर्व दिवालीका अवसरमा राजधानी दिल्लीमा ठूलो मात्रामा आतसवाजी गरिएकाले त्यसैबाट विषालु कणहरुको मात्रा हावामा फैलिएको तर्क गरिएको छ । साथै तीव्र गतिमा बढ्दो शहरीकरण पनि वायु प्रदुषणको मुख्य कारण मानिएको छ ।साथै पराल बाल्ने , काठदाउरा बाल्ने र त्यसबाट निस्कने धुवाले पनि वायु प्रदुषण बढाएको जिकिर विज्ञहरुले गरेका छन्।

delhi

केजरीवाल सरकारले हावा उडाउन भ्याकुम लगाउने  !
दिल्लीको केजरीवाल सरकारले १२ सय ६० किलो मिटर सडकमा भ्याकुम्प लगाउने निर्णय गरेको छ । त्यसै गरी सबै मशानघाटमा स्मोक टेम्पर लगाउने पनि निर्णय गरेको छ ।यसै गरी ५ स्थानमा एयरप्युरीफायर लगाउने,एक स्थानमा मिस्ट फाउन्टेन लगाउने दिल्ली सरकारको निर्णय छ ।

delhi2

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी