ट्रम्पको चुनावी र्यालीका क्रममा हुलदंगा

ट्रम्पको चुनावी र्यालीका क्रममा हुलदंगा

  • आइतवार, कार्तिक २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी २१ कार्तिक ।  

अमेरिकी राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको नवाडामा भएको एक चुनावी कार्यक्रमका क्रममा हुलदंगा भएको छ ।

ट्रम्पले कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला मञ्च नजिकै हुलदंगा भएपछि सेक्रेट सर्भिसका व्यक्तिले उहाँलार्ई कभर गरेर मञ्चबाट लगेका थिए । सो क्रममा सुरक्षाकर्मीले एक व्यक्तिलाई पक्राउ गरेका छन् ।

पक्राउ परेका व्यक्तिको साथमा हतियार भने नरहेको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ । त्यसको केही बेरपछि कार्यक्रमलाई सम्बोधन गर्न ट्रम्प पनः मञ्चमा फर्किनु भएको थियो ।

सेक्रेट सर्भिसका प्रवक्ताका अनुसार एक अपरिचित व्यक्तिले भिडमा गोली चलाएको थियो । यद्यपी अनुसन्धानका क्रममा त्यहाँ हतियार भने नभेटिएको अधिकारीहरुले बताएका छन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी