दक्षिण अफ्रिकामा सरकारी उच्च तहमा भ्रष्टाचार

दक्षिण अफ्रिकामा सरकारी उच्च तहमा भ्रष्टाचार

  • बिहिबार, कार्तिक १८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी, १८ कार्तिक । दक्षिण अफ्रिकामा सरकारी उच्च तहमा भ्रष्टाचार हुने गरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।
राष्ट्रपति ज्याकब जुमाको एउटा सम्पन्न परिवारसँग अनुचित सम्बन्ध रहेको आरोपबारे गरिएको छानविन प्रतिवेदनले भ्रष्टाचार सम्वन्धी नयाँ प्रमाण फेला परेको बताएको हो ।
बहुप्रतीक्षित प्रतिवेदनले जुमालाई ३० दिनभित्रमा न्यायिक आयोग स्थापना गर्न सुझाव समेत दिएको छ ।
भ्रष्टाचारविरोधी निकायकी पूर्व प्रमुख टुली मडोनसेलाले तयार पारेको प्रतिवेदनलाई राष्ट्रपति जुमाले सार्वजनिक गर्न नदिने प्रयास गरेका थिए । जुमामाथि सम्पन्न व्यापारीहरुसँग अनुचित सम्बन्ध राखेको आरोप लगाइएको छ ।
प्रतिवेदन सार्वजनिक हुनुअघि राष्ट्रपतिको कार्यालय अगाडि झडप समेत भएको थियो । केहीले जुमाको राजीनामा माग गर्दै प्रदर्शन समेत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी