जम्मु काश्मिरमा दोहोरो गोली हानाहानमा कम्तिमा १४ मारिए

जम्मु काश्मिरमा दोहोरो गोली हानाहानमा कम्तिमा १४ मारिए

  • बुधबार, कार्तिक १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

भारत, १७ कार्तिक । जम्मु काश्मिरको सीमा क्षेत्र नियन्त्रण रेखामा भएको दोहोरो गोली हानाहानमा कम्तिमा १४ मारिएका छन ।
दुबै देशले एकअर्कामाथि नियन्त्रण रेखामा गोली चलाएको आरोप लगाएका छन् । अहिले पनि नियन्त्रण रेखा क्षेत्रमा दुवै तर्फबाट गोली हानाहान भइरहेको बताइएको छ ।
सीमा जोडिएको दुई क्षेत्रमा पाकिस्तानको तर्फबाट हानिएको गोली लागेर ८ जना आफ्ना नागरिक मारिएको भारतीय सेनाले जनाएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् । सांबाको रामगढ सेक्टरमा ६ जनाको मृत्यु भएको र अन्य नौ जना घाइते भएका छन् । यस्तै पुंछ जिल्लाको नौसेरा सेक्टरमा दुई महिलाको मृत्यु भएको छ । त्यहा १३ जना घाइते भएका छन् ।
पाकिस्तानले भारतको तर्फबाट भएको गोली प्रहारबाट आफ्ना ६ नागरिकको मृत्यु भएको बताएको छ । काश्मिरको विषयलाई लिएर गएको तीन महिनादेखि भारत र पाकिस्तानबिचको तनाव उत्कर्षमा छ । गएको शुक्रबारदेखि अहिलेसम्म काश्मिरमा दुवै देशका गरी कम्तिमा २४ जनाको मृत्यु भैसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी