भारत र पाकिस्तानबीच गोली हानाहान, दवै तर्फ सर्वसाधारण मर्न थाले

भारत र पाकिस्तानबीच गोली हानाहान, दवै तर्फ सर्वसाधारण मर्न थाले

  • मङ्लबार, कार्तिक १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

कार्तिक १६ एजेन्सी ।  भारत र पाकिस्तानबीच लगातार गोली हानाहान हुदा ७ जना सर्वसाधारण मारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । जसमा एक जना महिला समेत रहेको उल्लेख गरिएको छ । रामगढ सेक्टरमा मंगलबार बिहानैको भीडन्तमा यो घटना भएको र आफूहरुको जवाफी कार्बाहीमा २ पाकिस्तानी सेना मारिएको र १४ वटा पोष्ट ध्वस्त पारेको भारतीय सेनाले दावी गरेको छ ।  अन्य एक दर्जन जति घाईते भएको भारतीय सेनाले जनाएको छ । पाकिस्तानी रेन्जर्सको गोलीका कारण ती नागरिक मारिएको भारतले जनाएको छ ।
उता पाकिस्तानले सोमबार आफ्ना ६ जना नागरिक भारतीय सेनाले प्रहार गरेको गोली लागेर मारिएको भन्दै पाकिस्तानले विरोध जनाएको छ ।

पाकिस्तानी विदेश कार्यलयका अफिसर डा. मोहम्मद फैसल ले भारतीय उच्चायोगका उप उच्चायुक्त जेपी सिंहलाई बोलाएर कडा शब्दमा पाकिस्तानी नागरिक मारिएको घटनाको निन्दा गर्नु भएको छ । पछिल्लो एक वर्षमा भारतीय सेनाले १ सय ७८ पटक युद्ध विराम गरेको भन्दै २००३ को युद्धविराम सम्झौताको मर्म पालना गर्न भारतलाई उहाले आग्रह गर्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी