एल साल्भाडोरका पूर्व राष्ट्रपति एन्टोनियो साका भ्रष्टाचार आरोपमा पक्राउ

एल साल्भाडोरका पूर्व राष्ट्रपति एन्टोनियो साका भ्रष्टाचार आरोपमा पक्राउ

  • सोमवार, कार्तिक १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी १४ कार्तिक ।  

मध्य अमेरिकी देश एल साल्भाडोरका पूर्व राष्ट्रपति इलियास एन्टोनियो साका भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् ।

सार्वजनिक कोषको दशौं लाख डलर हिनामिना गरेको अभियोगमा पूर्व राष्ट्रपति साका सहित ६ अधिकारी पक्राउ परेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

आरोपबारे साकाले केही प्रतिक्रिया दिनु भएको छैन । साकाले सन् २००४ देखि २००९ सम्म एल साल्भाडोरको राष्ट्रपति पद सम्हाल्नु भएको थियो ।

विगत १६ वर्षमा सत्तामा रहेका मध्ये साका भ्रष्टाचार आरोपमा छानबिनको घेरामा आएका तेस्रो व्यक्ति हुन् ।

यसअघि साका लगत्तै सत्तामा आउनु भएका माउरिसियो फुनेस र सन् १९९९ देखि २००४ सम्म सत्तामा रहनु भएका फ्रान्सिस्को फ्लोरेसमाथि पनि भ्रष्टाचार आरोपमा अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी