अमेरिकी र दक्षिण कोरियाली जासुसका कारण क्षेप्यास्त्र परीक्षण असफल

अमेरिकी र दक्षिण कोरियाली जासुसका कारण क्षेप्यास्त्र परीक्षण असफल

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

एजेन्सी , कात्तिक १३ । अमेरिकी र दक्षिण कोरियाली जासुसका कारण क्षेप्यास्त्र परीक्षण कार्यक्रम असफल भएके आशंकामा उत्तर कोरीयाले अनुसन्धान सुरु गरेको छ ।

अमेरिका र दक्षिण कोरियाको भूमिका रहेको हुन सक्ने आशंकाका साथ उत्तर कोरियाली नेता किम जोङ उनले छानविन थाल्नुभएको हो ।

उनले मुलुकले क्षेप्यास्त्र परीक्षणमा मुलुकले झेल्नु परेको असफलताबारे अमेरिकी र दक्षिण कोरियाली जासुसको भूमिकालाई लिएर गम्भीर छानविन गरिरहेको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाद्वारा परीक्षण गरिएका केही क्षेप्यास्त्र सफल नहुनुमा अमेरिका र दक्षिण कोरियाको भूमिका रहेको हुन सक्ने आशंकाका साथ छानविन अघि बढाइएको अधिकारीहरुको भनाइ छ ।

मुसुडान क्षेप्यास्त्र आठ पटकसम्म परीक्षण गर्दा एक पटकमात्र सफल भएको थियो । यी असफलताका लागि उत्तर कोरियाले आफ्नो मुलुकको परमाणु हतियार कार्यक्रममा जुटेका अधिकारीहरु मध्ये केही अमेरिकी र दक्षिण कोरियाली जासुस हुन सक्ने आशंका गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी