अमेरिकाको सिकागोमा विमानमा आगलागी

अमेरिकाको सिकागोमा विमानमा आगलागी

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी १३ कार्तिक । अमेरिकाको सिकागोस्थित ओ’हार अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि विमानमा आगलागी भएको छ ।
अमेरिकी एयरलाइन्सको ७६७ विमानको दाहिने भागमा उडान भर्नुअघि धावन मार्गमा रहेका बेला आगलागी भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।गएराति मायामीका लागि उडान भर्न लागेको समयमा विमानको दुई नम्बर इन्जिनमा आगो लागेपछि धावनमार्ग सकिनु पूर्व नै विमान रोकिएको थियो ।

विमान उड्नु भन्दा अगाडि नै आगलागी भएकाले ठूलो दुर्घटनाबाट जोगिएको अधिकारीहरु ले बताएका छन् । विमानमा एक सय ६१ जना यात्रु र चालकदलका ९ सदस्य गरी एक सय ७० जना थिए । घटनामा २० जना सामान्य घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । उनीहरु भाग्ने क्रममा घाइते भएको अधिकारीहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी