कार्तिब १३ एजेन्सी । चीनीया कम्युनिष्ट पार्टीको अक्टोबर २४ देखि २७ सम्म चलेको केन्द्रीय प्लेनमले नेतृत्व केन्द्रीकरण गर्दै राष्ट्रपति तथा पार्टी महासचिव सि जिन पिङलाई थप शक्तिशाली अधिकार प्रत्यायोजन गरेको छ ।
महासचिव सि लाई कोर बनाएर अरु सबै नेता कार्यकर्ता गोलवद्ध हुनु पर्नेमा बैठकले जोड दिएको छ ।
यसले २०१२ देखि राष्ट्रपति बन्नु भएका सि ले जनता र कार्यकर्ताको विस्वास जितेकाले अब २०१७ को पहिलो कार्यकाल सकिए पछि पुनः दोस्रो कार्यकालका लागि २०२२ सम्म शासन गर्ने लगभग निश्चित देखिएको छ ।
राष्ट्रपति , सैन्या आयोगका अध्यक्ष ,एवं पार्टी महासचिव सि जिन पिङले अब माओपछि सबै भन्दा चर्चित र प्रभावकारी राष्ट्रपतिको भूमिका देखाउदै गएको र जनताले यसलाई विस्वासमा बदलेको प्लेनममा सहभागी नेताहरुले बताएका थिए ।
यद्यपि, सात सदस्यीय पार्टी स्थायी समिति भित्र भने अर्को बर्ष हेरफेर हुने छ ।
साथै कम्युनिष्ट पार्टीको ८६ लाख सदस्य सहितको संख्या शक्तिशाली भए पनि यसलाई अझै अनुशासित र व्यवस्थित बनाउनु पर्नेमा पनि प्लेनमले जोड दिएको छ ।