कार्तिक १२ एजेन्सी । सेप्टेम्बर १८ मा भारतीय सैनिक व्यारेकमा विद्रोहीहरुले गरेको आक्रमणमा १८ जना सेनाको मृत्यु भए पछि तनावमा रहेको भारत पाकिस्तान बीच दिनहु कास्मीरको नियन्त्रण रेखामा गोली हानाहान भईरहेको छ ।
शुक्रबार भएको गोलाबारीमा १३ जना पाकिस्तानी रेन्जर्स मारिएको भारतीय पक्षको दावी छ । तर पाकिस्तानले भारतको उक्त दावीको खण्डन गर्दै ३ जना पाकिस्तानी सर्वसाधारण नागरिकको मृत्यु भएको बताएको छ । भारतले अन्दाधुन्द नागरिकलाई लक्षित गरेर गोली हानीरहेको पाकिस्तानी सेनाले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline