एजेन्सी, १२ कार्तिक । वर्षौं लामो अन्तर्राष्ट्रिय वार्तापश्चात २४ देश तथा युरोपेली युनियनका प्रतिनिधिबीच एन्टार्टिकाको रस समुद्री क्षेत्रमा विश्वकै सबभन्दा विशाल सामुद्रिक जीव आरक्ष बनाउने सहमति भएको हो।
उक्त इलाकाको क्षेत्रफल साढे पन्ध्र लाख वर्ग किलोमिटर बराबर छ र अब त्यहाँ ३५ वर्षका निम्ति जथाभावी माछा मार्न पाइने छैन।
उक्त स्थानको सुरक्षा प्रशासनको जिम्मा अमेरिका र न्यूजील्याण्डलाई दिइएको छ।
यसअघि रुसले सहमति जनाएको थिएन। तर, न्यूजील्याण्डका विदेशमन्त्री मुर्रे मक्कल्लीले २४ सहभागी राष्ट्रहरुमाझ दिगो ढंगले माछा मार्ने तथा वैज्ञानिक अनुसन्धान गर्ने विषय र सामुद्रिक जीव संरक्षणलाई सन्तुलन मिलाउने गरी अब सहमति भएको बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline