कार्तिक १२ एजेन्सी । आर्थिक रुपमा तीव्र विकास गर्दै गएको चीनले स्वदेशमै निर्मित आणविक पनडुब्बी सहित हतियारहरु जनतालाई देखाउने भएको छ । यसलाई अक्टोबर १५ मा चीनको छेङदाओमा रहेको नेभी म्युजियममा राखिएको छ ।
यसमा चीनमै बनेका फाईटर जेट, आर्टिलरी गन, हेलिकोप्टर सहितका अत्याधुनिक हतियारहरु राखिएका छन् । यस प्रदर्शनी मार्फत विश्व व्यापी रुपमा युद्धको बादल देखिन खोजेको र यदी युद्ध भए चीनले के गर्न सक्छ भन्ने सन्देश जनतालाई दिन खोजिएको हुन सक्ने विष्लेषकहरुले अनुमान छ ।
चीन विश्वकै सबै भन्दा ठूलो सैन्य शक्ति राष्ट्रको रुपमा चिनिएको छ । जसको सेनाको संख्या २३ लाख भन्दा बढी छ । चीनले १९७० मा बनाएको सबमरिनलाई रिप्लेस गर्दै नया सबमरिन तयार पारेको हो । जसले आणविक हतियार सहित अन्य मिसाईलहरु प्रहार गर्न सक्ने छ । पछिल्लो समय चीनले स्टेल्थ फाईटर जेटको समेत विकास गरीसकेको छ ।