भारतमा चीनीया सामानको बहिष्कारले निर्यातमा असर नपर्ने चीनद्धारा स्पष्ट

भारतमा चीनीया सामानको बहिष्कारले निर्यातमा असर नपर्ने चीनद्धारा स्पष्ट

  • शुक्रबार, कार्तिक १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी कार्तिक १२ । चीनले भारतमा अहिले चलिरहेको चीनीया सामानको बहिष्कारले निर्यातमा खासै असर नगर्ने स्पष्ट गरेको छ ।

भारतमा चीनको वैदेशिक निर्यातको जम्मा २ प्रतिशत मात्रै हिस्सा रहेकाले निर्यात बजारमा असर खासै नगर्ने तर भविष्यमा चीनले गर्न लागेको लगानी र भईरहेका आयोजनामा असर पर्न सक्ने भन्दै भारतलाई सचेत गराएको छ ।

साथै यसले द्धिपक्षीय सहयोग र व्यापारमा नकारात्मक असर पार्ने चीनले बताएको छ । यद्यपि, यसको असर भारतका जनता र व्यापारीलाई बढी हुने पनि उसले सुझाएको छ ।

पाकिस्तानलाई आतंकवादी राज्य घोषित गर्नु पर्ने भारतीय दवावलाई चीनले अस्वीकार गरे पछि भारतमा रामदेव सहितको समुहरुले चीनीया सामान खरीद बहिष्कार गर्दै आएका छन् ।
चीनले वर्षेनी २२ बिलियन डलर भन्दा बढीको बस्तु निर्यात गर्दे आएको छ । जस मध्य भारतले ६१ अर्ब डलर बराबरको सामान चीनबाट वर्षेनी खरीद गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी