भारत र पाकिस्तानद्धारा एक अर्काका एक एक जना प्रतिनिधिलाई देश निकाला

भारत र पाकिस्तानद्धारा एक अर्काका एक एक जना प्रतिनिधिलाई देश निकाला

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी कार्तिक १२ । भारत र पाकिस्तानबीच तनाव बढीरहेका बेला दुवै देशले एक एक जना कुटनीतिक नियोगका सदस्यलाई देश छोड्न आदेश दिएका छन् ।
भारतले पाकिस्तानी उच्चायोगका सदस्यलाई ४८ घण्टा भित्र देश छोड्न आदेश दिए पछि पाकिस्तानले पनि केही घण्टा भित्रै भारतीय उच्चायोगका कर्मचारीलाई त्यस्तो आदेश दिएको थियो ।
पाकिस्तानी उच्च आयोगका सदस्य महमुद अख्तरलाई जासुसको आरोपमा प्रहरीले पक्राउ गरेर देश छोड्न आदेश दिए पछि पाकिस्तानले पनि त्यस्तै प्रकारको निर्णय गरेको थियो ।
पाकिस्तानी विदेश सचिव अहमद चौधरीले सुरजित सिंह नाम गरेका आयोगका कर्मचारीले भियना कन्भेन्सन र राजनीतिक मापदण्ड विपरीत गतिविधि गरेकाले ४८ घण्टा भित्र पाकिस्तान छाड्न आदेश दिएको बताउनु भयो ।
दुवै देशबीच तनाव बढीरहेका बेला यो समानान्तर घटना भएको हो ।
सिमा क्षेत्रमा भारत र पाकिस्तानी सेनाबीच निरन्तर गोली हानाहान चलिरहेको पनि खबर आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी