एजेन्सी, ११ कार्तिक । उत्तरी फ्रान्सको जंगल क्षेत्र कालेबाट हजारौं शरणार्थीलाई अन्यत्र सारिएको छ । कालेस्थित शरणार्थी शिविरबाट चार हजारभन्दा बढी शरणार्थीलाई अन्यत्र सारिएको हो ।
सोमबारदेखि उनीहरुलाई बसमा राखेर अन्य आप्रवासी शिविरतर्फ लगिएको बताइएको छ । अहिलेसम्म सारिएकाहरुलाई फ्रान्सका विभिन्न भागमा रहेका आप्रवासी केन्द्रहरुमा लगिएको छ ।
काले क्षेत्रमा रहेका शरणार्थीहरुले सेवा सुबिधा नभएको भन्दै त्रिपाल तथा पसलहरुमा तोडफोड र आगजनी गरेपछि सार्नुपरेको बताइएको छ। उक्त स्थानमा छ देखि आठ हजारसम्म आप्रवासीहरु रहेको अनुमान छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline