एजेन्सी कात्तिक ११ ।
सिरियाको उत्तरी क्षेत्रमा पर्ने विद्रोहीले कब्जा गरेको इदलिबमा गरिएको हवाई आक्रमणमा परी २० जनाभन्दा बढी स्कुले बालबालिकाको मृत्यु भएको छ ।
हमलाकारीले इदलिबको नजिकै रहेको एक विद्यालयलाई निशाना बनाइए आक्रमण गर्दा विद्यालयका विद्यार्थीहरुको मृत्यु भएको विविसीले जनाएको छ ।
हवाई आक्रमणमा रुसका युद्धक विमानको संलग्नता रहेको हुनसक्ने अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् । इदलिब प्रान्तको हास गाउँलाई सिरियाली विद्रोहीको गढ मानिन्छ ।
युनिसेफले जानीजानी स्कुललाई निशाना बनाएर आक्रमण गरिएको भए यो युद्ध अपराध हुने जनाएको छ ।
सिरियाको सरकारी टेलिभिजन च्यानलले भने चरमपन्थीहरुको इलाकामा हमला गरिएको र चरमपन्थीहरुकै मृत्यु भएको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline