भारतीय गुप्तचर संस्था रअले बलुचिस्तानमा आतंकवादीहरुलाई सहयोग गरीरहेको पाकिस्तानद्धारा अमेरीकालाई जानकारी

भारतीय गुप्तचर संस्था रअले बलुचिस्तानमा आतंकवादीहरुलाई सहयोग गरीरहेको पाकिस्तानद्धारा अमेरीकालाई जानकारी

  • बुधबार, कार्तिक १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

कार्तिक १० एजेन्सी । पाकिस्तानी अधिकारीहरुले बलुचिस्तानमा हिंशा मच्चाउने समुहहरुलाई भारतीय जासुसी संस्था रअले पैसा र हतियार दिईरहेको प्रमाण सहित अमेरीकालाई जानकारी दिएका छन् ।

मंगलबार क्वेटामा प्रहरी एकेडेमीमा ६१ जना प्रहरीको ज्यान जाने गरी भएको आक्रमणको भोलीपल्ट बुधबार पाकिस्तानी अधिकारीहरुले भारतले यसको लागि अफ्गानिस्तानको भूमि समेत प्रयोग गरेको दावी गरेका छन् ।

पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार पूर्व जनरल नासिर खान जानज्वाले अमेरीकी राजदुत डेभिड हालेलाई भेटेर यस्तो अवगत गराएका हुन् ।  यसै वर्ष भारतीय नौसेनामा कार्यरत रअका एक अधिकारीलाई बलुचिस्तानबाट पाकिस्तानी सेनाले पक्राउ गरेको थियो ।

भारतीय जासुसी संस्थाको रेखदेखमा अफ्गानिस्तानको भूमिबाट आत्रकवादीहरु तयार पारेर पाकिस्तानमा आक्रमण गराउने गरेकोले यसको जालो तोड्नु पर्ने र अमेरीकाको सद्भाव रहनेमा आफूहरु आशावादी रहेको सल्लाहकार जज्वाले बताएका थिए । सोही क्रममा अमेरीकी राजदुत हालेले क्वेटा प्रहरी एकेडेमीमा भएको आक्रमणको भत्र्सना गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी