एजेन्सी कार्तिक ९ । ह्तियार उत्पादन र निर्यातमा महसुर शक्ति रुसले १० हजार किलो मिटर सम्म मार हान्ने शक्तिशाली क्षेप्यास्त्र तयार पारेर राखेको खुलेको छ । सो मिसाईलको तस्वीर रुसके मैकेयेव रकेट डिजाईन ब्यूरोले आज सार्वजनिक गरेको हो ।
आर एस २८ सरमन नामक यो मिसाईल प्रति सेकेण्ड प्रति सेकेण्ड ७ किलो मिटर चल्न सक्छ । यसले फ्रान्सको आकारको भूभागलाई एकै पटकमा ध्वस्त पार्ने क्षमता राख्दछ । यद्यपि नेटो सेनाले यसको नाम सतन २ राखी दिएको छ ।
यसलाई अमेरीकाको सबै भन्दा शक्तिशाली एन्टी मिसाईल सिस्टमले रोक्न नसक्ने रक्षा विज्ञहरुले औल्याएका छन् ।
रिपोर्टमा यो क्षेप्यास्त्र अमेरीकाले जापानको हिरो सिमा र नागाशाकीमा खसालेको एटम बम भन्दा कैयौ गुणा शक्तिशाली रहेको छ ।
रुसबाट तर्सिदैछ अमेरीकी नेतृत्वको नाटो
अमेरीका नेतृत्वको २८ देश संलग्न सैन्य संगठन नेटोका बाल्टिक फोर्स जनरल बेन होजेसले नेटोसग‘ चिढिदै गएको रुसले निरन्तर आणविक मिसाईल तयार पारीरहेको र आफ्नो सिमामा राखिरहेको बताउनु भएको छ ।
उहाले यदी रुसले बाल्टीक देशहरुमा आक्रमण गरेमा नेटोले बचाउन नसक्ने भन्दै रुसले बाल्टीक देशका राजधानीहरुलाई ३६ घण्टामा ध्वस्त पार्न सक्ने चेतावनी दिनु भयो ।
अमेरीकासग‘ लगातार बढ्दो विवादका बीच रुसले आन्तरीक हतियारको विकासमा जोड दिएको छ ।
उसले नेटो विरुद्ध एक्ले लड्नु पर्ने आवस्यकता महसुस गरी चौतर्फी आक्रमणको प्रतिरोध र प्रत्याक्रमणको तयारी शक्तिशाली रुपमा गरीरहेको टिप्प्णी शुरु भएको छ ।




