एजेन्सी कात्तिक ९ ।
पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटा शहरमा रहेको प्रहरी तालिम केन्द्रमा बिद्रोहीले गरेको आक्रमणमा परी ६० जना प्रहरी जवानको मृत्यु भएको छ ।
हतियार सहित आएका आक्रमणकारीले प्रहरी तालिम केन्द्र भित्र प्रवेश गरी आक्रमण गर्दा तालिम लिदै गरेको प्रहरी जवानहरुको मृत्यु भएको हो । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
सो आक्रमणमा संलग्न तीन आक्रमणकारीे पनि मारिएका छन् । आक्रमणकारी मध्ये दुई जनाले आफैलाई विस्फोट गराएको र एक जनाको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको विविसीले जनाएको छ ।
आक्रणमको क्रममा एक सय ६ जना जवान घाइते भएका छन् । घाइते भएका सबैलाई सिविल अस्पतालमा भर्ना गरिएको छ । बिद्रोही र सुरक्षाकर्मी्बिच चार घण्टासम्म भिडन्त भएको बलुचिस्तानका गृहमन्त्री सरफराज बुगटीलाई उद्धत गर्दै अन्तराष्टिय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणकारी लश्कर–ए–झांगबीका रहेको र उनीहरु अफगानिस्तानबाट आएको सरकारी अधिकारीले बताएका छन् । क्वेटा शहरको सो अस्पतालमा आपतकालको घोषणा समेत गरिएको छ ।