भारतको मलकानगिरीमा सुरक्षा कारबाहीमा १८ माओवादीको मृत्यु

भारतको मलकानगिरीमा सुरक्षा कारबाहीमा १८ माओवादीको मृत्यु

  • सोमवार, कार्तिक ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी कात्तिक ८ । भारतको ओडिसा स्थित मलकानगिरीमा प्रहरीसँगको मुठभेडमा १८ जना माओवादी लडाकु मारिएका छन् । प्रहरीको कारबाहीमा कयौं माओवादी लडाकुहरु घाइते भएको दावी सरक्षा फौजले गरेको छ ।

घटनास्थलबाट प्रहरीले ठूलो संख्यामा हतियार तथा गोलाबारुद समेत बरामद गरेको दावी गरेको छ । आज बिहान ६ बजे कियासिर बेगानगी जंगलमा भएको मूठभेडमा उनीहरुको मृत्यु भएको हो ।

आन्ध्रप्रदेश पुलिसको विशेष फोर्स र ओडिसा पुलिसले माओवादी लडाकु विरुद्ध संयुक्त कारबाही गरेको हो ।

घटनास्थलबाट प्रहरीले चार थान एके फोर्टि सेभेन राइफल, दुई थान एसएलआर र दुई थान इन्सास राइफल बरामद गरेको छ ।
कारबाहीपछि सुरक्षाकर्मीले जंगललाई घेराउ हालेका छन् । त्यहाँ थप सुरक्षाकर्मी पठाईएको छ ।
ओडिसा छत्तीसगढ लगायतका राज्यमा माओवादी प्रभावित क्षेत्र निकै रहेको बताईन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी