एजेन्सी ८ कार्तिक ।
अमेरिकाको क्यालिफोर्नियामा बस दुर्घटना हुँदा कम्तिमा १३ जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ३१ जना घाइते भएको अन्रर्ताष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा एउटा पर्यटक बस लरीसँग ठोक्किँदा उक्त दुर्घटना भएको स्थानीय अधिकारीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ ।
साल्टन शहरमा रहेको रेड अर्थ क्यासिनोबाट क्यालिफोर्निया फर्किदै गरेको बस क्यालिफोर्नियाको पाल्म स्प्रिङ शहर नजिक दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन । स्थानीय समय अनुसार आइतबार बिहान भएको उक्त दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घाइते मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline