भारतलाई रुसले जति गरेको छ त्यो अमेरीका र यूरोपले गर्न सक्दैनः रुसी अधिकारी

भारतलाई रुसले जति गरेको छ त्यो अमेरीका र यूरोपले गर्न सक्दैनः रुसी अधिकारी

रुसलाई अध्यारो समयमा भारतले पढाएको तर्क

  • आइतवार, कार्तिक ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी कार्तिक ८ । रुसी सुरक्षा सम्बन्धि रोस्टेक कर्पोरेसन का प्रमुख कार्यकारी अधिकृत सरगेई चेमेजोभले रुसले भारतमा दिएको रक्षा प्रविधि र हतियार एवं साझेदारी अमेरीका या युरोपले दिन नसक्ने बताउनु भएको छ ।
उहाले रुस ६९ वर्षदेखि भारतको ब्यापारीक मात्र हैन गठबन्धन साझेदारको रुपमा रहेको र यो कुरा भारतले अध्यारो समयमा रुसलाई पाठ पढाएको टिप्पणी गर्नु भयो ।
ब्रिक्स सम्मेलनका क्रममा अक्टोबर १४ मा १२ अर्ब डलर भन्दा बढीको मिसाईल , आणविक सबमरिन लिजमा लिने जस्ता ठूलो हतियार खरीदको सम्झौता भएको पृष्टभूमिमा चेमेजोभले यस्तो बताउनु भएको हो ।
रुसले भारतमा अरबौं रुपैया बराबरको पि–७५–१ प्रोजेक्ट लगानी गर्ने विषयमा हेरिरहेको र भारतलाई महत्वपूर्ण र गंभीर प्रकृतिको हतियार दिएको उहाले बताउनु भयो ।
सन् १९९८ मा भारतले परमाणु परीक्षण गरे पछि लागेको प्रतिवन्धका बेला रुसले मात्र भारतलाई साथ दिएको चेमेजोभले  स्मरण गर्नु भयो ।
अमेरीका र यूरोपले भन्दा रुसले भारतलाई अति आधुनिक र हाईटेक युद्ध सामाग्री दिएको उहाको दावी छ टाईम्स अफ् ईन्डियाले लेखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी