एजेन्सी कार्तिक ७ । मोसुलमा ईराक सहित विदेशी सेना र कुर्द सेनाले चारैतिरबाट घेरा हालेर आक्रमण शुरु गरे पछि आईएसले ईराकको पश्चिमी शहरमा आक्रमण थालेको छ ।
अनवर प्रान्तको एउटा अपार्टमेन्टमा उनीहरुले आक्रमण गरेको बिबिसीले जनाएको छ ।
सो आक्रमणमा के कति क्षति भयो भन्ने अधिकारीहरुले केही खुलाएका छैनन् ।
यसका बाबजुद ईराकी फौजले मोसुलको क्रमिक ईलाकाहरुलाई आक्रमण गर्दै नियन्त्रणमा लिने क्रम जारी राखेको छ ।
कुर्दिस लडाकुले उत्तर तथा पूर्व र ईराकी सेनाले दक्षिण तर्फबाट घेरा हालेर आक्रमण जारी राखेको छ ।
आईएसका प्रमुख बग्दादी त्याहा रहेको अनुमान छ । आईएसको सबै भन्दा ठूलो अड्डा मोसुल रहदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline