कार्तिक ६ एजेन्सी । दक्षिण चीनीया सागर नजिक सेईसा भन्ने स्थानमा अमेरीकी युद्धपोत तैनाथ गरिए पछि चीनले अमेरीकालाई गैर कानुनी र उक्साउने कार्यमा नलाग्न चेतावनी दिएको छ ।
फिलिपिन्स , भियतनाम सहितका मुलुकसग‘ विवादीत क्षेत्र शान्तिपूर्ण रुपले समाधान गर्ने विषयमा सकारात्मक परिस्थितिको विकास भएका बेला अमेरीकाको यो गतिविधिले यस क्षेत्रको समस्या सिर्जना अमेरीकाले गरीरहेको चीनीया रक्षा मन्त्रालयले भनेको छ ।
त्यसै गरी चीनीया विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी चीनको राष्ट्रिय सुरक्षामा कुनै खतरा महसुस भए सेना तैनाथ गर्ने पनि जनाएको छ ।
चीनमा रहेका अमेरीकी प्रतिनिधिलाई बोलाएर चीनीया विदेश मन्त्रालयले उक्साहट र चीनको सम्प्रभुत्तामाथि हस्तक्षेप गर्ने कार्य रोक्न आग्रह गरेको छ ।
हिजो प्रवेश गरेको अमेरीकी युद्धपोतलाई चीनीया युद्धपोतले चेतावनी दिदै फलो गरे पछि फिर्ता भएको थियो ।