एजेन्सी ,६ कार्तिक ।
सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पुग्न सफल विश्वको पहिलो महिला जुन्को तावेईको ७७ बर्षको उमेरमा आज निधन भएको छ ।
जापानी नागरिक तावेईको जापानमा स्थानीय समयअनुशार आज साँझ निधन भएको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ ।
दुतावासका कार्यवाहक नेपाली राजदूत कृष्णचन्द्र अर्यालले तावेईको निधन भएको जनाउदै दुख ब्यक्त गर्नुभएके छ ।
तावेईले ३५ बर्षकै उमेरमा सन् १९७५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएके थियो ।
हिमाल आरोहणलाई तावेईले आफ्नो ‘प्यास’ का रुपमा लिन तावेईले नेपाली गाइड आङ् छिरिङ् शेर्पाका साथमा सगरमाथा आरोहण गर्नुभएके थियो ।
सन् १९९२ मा तावेईले विश्वका सातै महादेशका उच्च शिखरहरुको समेत आरोहण गरिसक्नुभएके छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline