मोसुलबारे इराकी प्रधानमन्त्री आशावादी

मोसुलबारे इराकी प्रधानमन्त्री आशावादी

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

एजेन्सी, ५ कार्तिक । इराककी प्रधानमन्त्री हैदर अल अबादीले मोसुल विद्रोहीको नियन्त्रणबाट निकट भविष्य मै मुक्त हुने दाबी गरेका छन् । प्रधानमन्त्री अबादीले मुलकुकै दोस्रो ठूलो शहर मोसुल लक्षित समयभन्दा छिटो विद्रोहीको नियन्त्रणबाट फिर्ता हुने दाबी गरेका हुन् ।
इराकको विशेष फौज मोसुल आक्रमणमा सहभागी भइरहेको बेला अवादीको दाबी सार्वजनिक भएको हो ।
इराकी प्रधानमन्त्रीले मोसुलको भविष्यबारे पेरिसमा भएको एक बैठकलाई भिडियो सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । बैठकको आतिथ्य गरिरहेका फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ ओलाण्दले भने आइएस लडाकुहरु सिरियाको रक्कातर्फ भागेको र उनीहरुलाई रोक्नुपर्ने बताएका थिए ।
मोसुलमा सरकारी सेनालाई अमेरिकी नेतृत्वको गठबन्धनले पनि सहयोग गरिरहेको छ । उता सरकारको समर्थन गरेका कुर्द लडाकुहरुले पछिल्लो समय मोसुलको उत्तरतिर बृहत् कारवाही गरिरहेका छन् । मोसुल झण्डै अढाइ वर्षदेखि आइएस लडाकुको नियन्त्रणमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी