एजेन्सी कार्तिक ४ । भारत र पाकिस्तानबीच नियन्त्रण रेखा एलओसीमा दिनहु जसो गोली हानाहान हुने क्रम रोकिएको छ ।
गएराति केरलाको एलओसीमा भारतीय सेनाले गोली हान्दा पाकिस्तानी नागरिक २८ वर्षका अब्दुल रहमानको मृत्यु भएको पाकिस्तानी विदेश मामला कार्यलयले जनाएको छ ।
यसै गरी २ बच्चा सहित अन्य पाच जना नागरिक घाईते भएको पाकिस्तानी मिडियाहरुले उल्लेख गरेका छन् ।
पाकिस्तानी सेनाले भारतले एलओसीमा युद्धविराम उलंघन गर्दै फायरीङ गरेको र आफूले जवाफी फायरीङ गरेको उल्लेख गरेको छ ।
उरीमा १९ भारतीय सेनाको ज्यान जाने गरी विद्रोही समुहले आक्रमण गरे पछि भारत पाकिस्तानबीच तनाव बढ्दै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline