हत्याको आरोपमा साउदी अरेबियाका राजकुमारलाई फाँसीको सजाय

हत्याको आरोपमा साउदी अरेबियाका राजकुमारलाई फाँसीको सजाय

  • बुधबार, कार्तिक ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी, ३ कार्तिक । साउदी अरेबियाका एक राजकुमारलाई हत्या आरोपमा दोषी ठहर गर्दै फाँसीको सजाय दिइएको छ ।
तीन वर्षअघि विवादको क्रममा एकजना नागरिकको गोली हानी हत्या गरेको आरोपमा दोषी पाइएका राजकुमार टुर्की बिन साउद अल–काबिरलाई फाँसी दिइएको साउदी अरेबियाको गृह मन्त्रालयले जनाएको छ ।
राजकुमार अल–काबिरलाई कसरी फाँसी दिइयो भन्ने बारेमा भने केही खुलाइएको छैन । साउदी अरेबियामा विभिन्न अपराधमा संलग्नलाई मृत्युदण्ड दिने कानुनी ब्यबस्था छ ।
राजकुमार अल–काबिर यो वर्ष फाँसीको सजाय पाउने एक सय ३४ औं व्यक्ति रहेको समाचार संस्था एएफपीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी