गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति नदिन ट्रम्पलाई ओबामाको चेतावनी

गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति नदिन ट्रम्पलाई ओबामाको चेतावनी

  • बुधबार, कार्तिक ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी, ३ कार्तिक । अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएका छन् ।
डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा धाँधली हुने अभिब्यक्ति दिएपछि ओबामाले आपत्ति जनाउँदै चेतावनी दिएका हुन् ।
राष्ट्रपति ओबामाले अब आइन्दा गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति नदिन समेत ट्रम्पलाई सचेत गराएका छन् । चुनावको सामना गर्ने क्षमता नभएका कारण धाँधली हुने अभिब्यक्ति दिएको भन्दै ओबामाले ट्रम्प अप्रत्याशित उम्मेदवार भएको समेत बताए ।
उनले आफ्ना लागि मत माग्ने काममा लाग्नसमेत ट्रम्पलाई सुझाव दिए । ट्रम्पले यसअघि हिलारी क्लिन्टनका लागि खुलेर धाँधली हुनेमा आफू विश्वस्त रहेको बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी