हत्या अभियोगमा साउदी अरबका राजकुमारलाई मृत्युदण्ड

हत्या अभियोगमा साउदी अरबका राजकुमारलाई मृत्युदण्ड

  • बुधबार, कार्तिक ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

एजेन्सी ३ कार्तिक ।  

साउदी अरबका राजकुमार टुर्की बिन अल कबीरलाई हत्या अभियोगमा मृत्युदण्ड दिइएको छ । राजधानी रियादको एक अज्ञात स्थलमा उनलाई मृृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।

तीन वर्षअघि झगडाका क्रममा एक ब्यक्तिको गोली हानी हत्या गरेको अभियोगमा राजकुमार कबीरलाई मृत्युदण्ड दिइएको हो । योसँगै साउदी अरबमा यो वर्ष मृत्युदण्ड पाउनेको संख्या १३४ पुगेको छ ।

हत्याको पीडित परिवारले क्षतिपूर्ति लिन अस्वीकार गर्दै अभियुक्तलाई न्यायको कठघरामा उभ्याउन न्यायालय समक्ष अपील गरेपछि मुद्दा गम्भीर बनेको थियो ।

सोही क्रममा उनलाई मृत्युदण्ड दिने निर्णय गरिएको हो । कडा कानुन भएको साउदीमा लागू औषध तस्कर र हत्यारालाई मृत्युदण्ड दिने कानुनी व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी