हिटलर जन्मिएको यो घर भत्काईने !

हिटलर जन्मिएको यो घर भत्काईने !

  • मङ्लबार, कार्तिक २, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी कार्तिक २ । जर्मन तानाशाह एडोल्फ हिटलर जन्मिएको घर भत्काउने अष्ट्रिया सरकारले तयारी गरेको छ ।
अष्ट्रीय र जर्मनीको सिमा क्षेत्रमा रहेको ब्रनाउ एम ईन नामक घरलाई ध्वस्त पार्ने त्याहाका गृहमन्त्री बोल्फगैग सोबोत्कालाई उद्धृत गर्दै डि प्रेसे अखबारले उल्लेख गरेको छ ।

hitlar-2

उक्त घर भत्काउने नभत्काउने विषयमा विवाद रहीरहेका बेला विज्ञहरुको एक समितिले भत्काउन सिफारीस गरेको हो ।

घर मालिक्निीले सरकारलाई उक्त घर बेच्न अस्वीकार गरे पछि नया कानुन संसदद्धारा पारीत गरी भत्काउने तयारी सरकारको छ ।
२० अप्रील १८८९ मा सो घरको बिचको फ्लाटमा भाडामा बसेको समयमा हिटलरको जन्म भएको थियो ।
नाजी शासनको समयमा सन् १९४४ सम्म यो घरलाई हिटलरको स्मारक बनाईएको थियो , जहा हजारौं पर्यटक आउने गर्दथे । तर नाजी शासनको अन्त्य पछि सो स्मारक बन्द गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी