एजेन्सि, २९ असोज ।
भारतको प्रसिद्ध धार्मिक स्थल वाराणसीको राजघाट पुलमा भागदौड हुँदा २४ जनाको मृत्यु भएको छ । कैयाँै जना घाइते भएका छन् ।
बनारस र चान्ददौलीकोबीचमा रहेको राजघाट पुलमा धार्मिक समारोहको बेला भागदौड भएको हो । धार्मिक गुरु जय गुरुदेव आफ्ना हजारौं समर्थकका साथ दुई दिनको शिविरका लागि डोमरी गाउँ जाँदै गर्दा भागदौड भएको प्रहरीले जनाएको छ ।
मृत्यू हुने मध्ये १९ जना महिला र ५ जना पुरुष रहेका बताइएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले मृतक परिवारलाई २ लाख तथा घाइतेलाई ५० हजार क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline