थाइल्यान्डमा एक वर्ष शोक मनाइने

थाइल्यान्डमा एक वर्ष शोक मनाइने

राष्ट्रसङ्घका महासचिव बान, अमेरिकी राष्ट्रपति ओबामाद्वारा शोक व्यक्त

  • शुक्रबार, अशोज २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी, २८ असोज । थाइल्यान्ड सरकारले राजा भूमिबोल अदुल्यादेजको निधनमा एक वर्षसम्म शोक मनाउने घोषणा गरेको छ । विश्वकै लामो समय राजसिंहासन सम्हालेका राजा भूमिबोल अदुल्यादेजको बिहीबार निधन भएपछि प्रधानमन्त्री प्रायूथ जान ओचाले एक बर्षसम्म शोक मनाउने घोषणा गरेका हुन् ।
साथै उनको निधनमा एक महिनासम्म आधा झण्डा झुकाइने र मनोरन्जनात्मक कार्यक्रम नगरिने पनि सरकारले जनाएको छ ।
दिवङ्गत राजा भूमिबोलको उत्तराधिकारीका रुपमा ६४ वर्षीय युवराज महा विजारालोन्कोनले सत्ता सम्हाल्ने भएका छन् ।
लामो समयसम्म थाइल्यान्डमा देखिएको राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने घोषणाका साथ सन् २०१४ मा सेनाद्वारा लिइएको नेतृत्व उहाँको निधनपछि सङ्कटमा पर्नसक्ने स्थानीय राजनीतिक विश्लेषकले बताएका छन् ।
सन् १९४६ मा बैंककको राजदरबारमा भएको गोलीकाण्डमा राजा आनन्दको मृत्यु भएपछि १८ वर्षको उमेरमा भूमिबोलले राजगद्दी सम्हालेका थिए ।
यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले बिहीबार एक शोक विज्ञप्ति जारी गर्दै थाई नरेश भूमिबोलको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् । थाई राजपरिवार, सरकार र जनतालाई मुनले पठाएको शोक सन्देशमा दिवङ्गत नरेश भूमिबोलको देशप्रतिको लामो समर्पणको स्मरण गर्दै उनलाई राष्ट्रिय एकता कायम गर्ने नेताको रुपमा सम्झेका छन् । त्यसैगरी अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिवङ्गत थाई नरेश भूमिबोलको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजन, थाई जनता र सरकारप्रति समवेदना व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी