आफूमाथि लागेको यौन उत्पीडनको आरोप झुटो हो:ट्रम्प

आफूमाथि लागेको यौन उत्पीडनको आरोप झुटो हो:ट्रम्प

  • शुक्रबार, अशोज २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

एजेन्सी असोज २८ ।
अमेरिकी aराष्टपति पदका रिपब्लीकन उम्मेदवार डोनाल्ड ट्रम्पले आफू माथी लागेको यौन उत्पीडन आरोपको खण्डन गर्नु भएको छ । फ्लोरिडाको वेष्ट पाममा भएको र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो समर्थकको सामू आफूमाथि लागेको यौन उत्पीडनको आरोप झुटो भएको बताउनु भएको हो ।

आरोप लगाउने महिलाहरुले नै झुटो बोलेको बताउदै ट्रम्पले सो महिलाको राष्ट्रपति पदका अर्की उमेदवार हिलारी क्लिन्टनसँग मिडियाको साठगाठ रहेको उल्लेख गर्नु भएको छ । यौन उत्पीडनको आरोपमा कुनै सत्यता नभएको बताउदै उहाँले सो आरोप आफूलाई हराउनका लागि मात्र केन्द्रित भएको बताउनु भयो ।

केही महिलाहरुले ट्रम्पले आफूलाई गलत नियतले छोएको वा जबरजस्ती चुम्बन गरेको बताएका छन् । सन् २००५ मा महिलाप्रति अश्लिल टिप्पणी गरेको भिडियो सार्वजनिक भएपछि समस्या परेका यौन उत्पीडनको कुराले थप समस्या उत्पन्न भएको हो ।

अमेरिकी प्रथम महिला मिशेल ओबामाले महिला सम्बन्धी ट्रम्पको भनाई आश्चर्य लाग्दो रहेको बताउनुभयो । महिलाका बारेमा ट्रम्पको अश्लिल टिप्पणीले आफूलाई त्रसित बनाएको मिशेलको भनाई छ ।

ट्रम्पको महिला प्रति टिप्पणी निकै क्रुर रहेको र यसलाई लुकाउन नसकिने समेत उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी