एजेन्सी ,२६ असोज ।
अमेरिकी राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो पार्टीका नेताको कडा आलोचना गर्नुभएको छ ।
उहाले ट्वीट गर्दै आफ्नो विरोध गरिरहेका रिपब्लिकन पार्टीका नेतालाई विपक्षी पार्टीका नेता भन्दा पनि विश्वासघाती रहेको आरोप लगाउनु भयो ।
ट्रम्पले ट्वीटमा आफूलाई विश्वासघात गर्ने रिपब्लिकन नेता डेमोक्र्या्टिक प्रतिद्वन्द्वी हिलारी क्लिन्टन भन्दा पनि घातक रहेको उल्लेख गर्नुभएको छ ।
ट्रम्पले हाउस अफ रिप्रिजेनटेटिभका सभामुख पल रायन एक कमजोर नेता रहेको बताउनु भएको छ । रायनले मंगलबार महिलाको अपमान गर्दै गरेको भिडियो सार्वजनिक भएपनि अब आफूले ट्रम्पको बचाउन गर्न नसक्ने बताउनुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline