असोज २६ एजेन्सी । भारतको आग्रहका बाबजुद रुसले पाकिस्तानसग‘ सयुक्त सैन्य अभ्यास जारी राखे पछि भारत असन्तुष्ट बनेको छ ।पाकिस्तानमा दुवै देशले सयुक्त सैनिक अभ्यास जारी राखेका छन् ।
भारतले उरी हमला पछि पाकिस्तान आतंकवाद प्रायोजन गर्ने राज्य भएको जिकिर गर्दै सैन्य अभ्यास रद्ध नगरे समस्या हुने चिन्ता जनाए पनि रुसले क्षेत्रका सबै देशसग‘ नियमित अभ्यास हुने भन्दै रुसले भारतको आग्रह अस्वीकार गरेको थियो ।
पाकिस्तान रुसबाट हतियार खरीद गर्ने प्रमुख राष्ट्र मध्य एक हो । मस्कोमा भारतका राजदुत पंकज शरणले रुसी समाचार एजेन्सी रिया नोवोस्तीलाई अन्तवार्ता दिने क्रममा असन्तुष्टी व्यक्त गरेका थिए ।
आगामी शनिबार भारतको गोआमा रुसी राष्ट्रपति र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्धिपक्षीय भेट हुनु पूर्व भारतबाट यो प्रतिकृया सार्वजनिक भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

