मोदी आफ्नै देशका हजारौ मुसलमानका हत्यारा हुन्ः बलुच नेता

मोदी आफ्नै देशका हजारौ मुसलमानका हत्यारा हुन्ः बलुच नेता

मोदीले युद्ध थोपरे एक ईन्च भूमिको रक्षाका लागि लड्ने घोषणा

  • मङ्लबार, अशोज २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

२५ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको बलुचिस्तानका जनताको पक्षमा भाषण दिए जस्तो गरेर पाकिस्तान विरुद्ध युद्ध छेड्न चाहेको भन्दै एक बलुच नेताले मोदी गुजरातमा हजारौ मुस्लिमका हत्यारा भएकाले उनीसग‘ मुसलमान समुदायले कुनै अपेक्षा गर्न नसक्ने बताएका छन् ।

भारतले बलुचिस्तानमा विद्रोह गराउन पैसा र तालिम दिईरहेको र यसको मुख्य स्वार्थ ग्वद्धारको बाटो चीनसग जोडिएको र अरेबियन सागरमा जोडिएकाले यसको फाईदा लिने स्वार्थ साधेर त्यस्तो गतिविधि गरेको भन्दै बलुचिस्तानका डेपुटी चेयरम्यान सिनेट मौलाना अब्दुल घफुर हाईदेरीले यस्तो चेतावनी दिएका हुन् ।

उनले सार्वजनिक कार्यक्रममा यस्तो टिप्पणी गरेका थिए ।

उनले सन् २००२ मा गुजरातमा मोदीका कारण हजारौ मुसलमान र हिन्दुहरु मारिएको स्मरण गराउदै मोदी मुसलमान विरोधी भएकाले पाकिस्तान विरुद्ध युद्ध गर्न सक्ने तर आफ्नो देशको सेना , जनताले सम्पूर्ण तागतका साथ प्रतिरोध गर्ने चेतावनी पनि दिए ।
उनले चीन पाकिस्तान आर्थिक कोरीडोर बन्न नदिन भारतले त्यस्तो षड्यन्त्र गरेको भन्दै भारतले आफ्नो कब्जामा राखेको कास्मीरका जनतालाई गोली हानेर मारीरहेको प्रति पनि संसारको ध्यान जानु पर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी