कास्मीरी जनताको मुद्धालाई आतंकवादसग‘ जोडेर भारतले गल्ती गरीरहेको छ : नवाज

कास्मीरी जनताको मुद्धालाई आतंकवादसग‘ जोडेर भारतले गल्ती गरीरहेको छ : नवाज

  • सोमवार, अशोज २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

असोज २४ एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री नवाज सरीफले भारतले कास्मीरका जनतामाथि दमन गरेर उनीहरुको स्वतन्त्रताको मागलाई आतंकवादसग‘ जोडेर गल्ती गरीरहेको बताउनु भएको छ ।

पाकिस्तानी मुस्लिम लिग पार्टीको एक बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री सरीफले पाकिस्तानले कास्मीरका जनताको मुद्धालाई अन्तराष्ट्रिय मञ्चमा निरन्तर उठाउने बताउनु भयो । साथै उहाले बलुचिस्तानका जनताले चाईना पाकिस्तान आर्थिक करीडोरबाट सबै भन्दा बढी लाभ लिने बताउनु भएको छ ।

उहाले यो परियोजना अन्तर्गत महत्वपूर्ण परियोजनाहरु शुरु हुने र सन् २०१८ भित्र १० हजार मेगावाट विद्युत थपिने भएकाले आर्थिक दृष्टिले पनि महत्वपूर्ण रहेको बताउनु भयो । बलुचिस्तानमा कृषकलाई राहत पुग्ने गरी र पूर्वाधार विकासमा महत्वपूर्ण कामहरु गर्ने पनि घोषणा प्रधानमन्त्रीले गर्नु भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी