एजेन्सी असोज २३ । अमेरीकी राष्ट्रपतिका उम्मेद्धार डोनाल्ड ट्रम्पले आफू चुनावबाट पछि नहट्ने बताउनु भएको छ ।
वाल स्ट्रीट जर्नलसग कुरा गर्दै ट्रम्पले यस अघि महिलाहरुको विषयमा गरिएको टिप्पणीको भिडियो सार्वजनिक भए पछि उम्मेद्धारी फिर्ता लिन रिपव्लिकन पार्टीका नेताहरुले आग्रह गरे पछि उहाले यस्तो बताउनु भएको हो । पार्टीले भने यस बारेमा फैसला गरिसकेको छैन ।
ट्रम्प विभिन्न कारणले विवादमा तानिदै आए पछि राष्ट्रपतिको चुनावमा डेमोक्रयाटीक पार्टीका हिलेरी क्लिन्टनको पकड बलियो हुने अनुमान शुरु भएको छ ।
आगामी नोभमेम्बरमा त्याहा राष्ट्रपतिय निर्वाचन हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline