यमनमा साउदी अरबको हवाई आक्रमणमा १ सय ४० जनाको मृत्यु

यमनमा साउदी अरबको हवाई आक्रमणमा १ सय ४० जनाको मृत्यु

  • आइतवार, अशोज २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

एजेन्सी असोज २३ । यमनको राजधानी नजिक साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गर्दा एक सय ४० जना भन्दा बढी मानिसको मृत्यु भएको छ ।

आक्रमणमा सयौ अन्य घाईते भएका छन् ।

हुति विद्रोहीलाई लक्षित गरी आक्रमण गरिएको भनिए पनि मारिने धेरै सर्वसाधारण भएको बताईएको छ ।

हुति विद्रोहीका गृहमन्त्रीको बुवाको अन्तिम संस्कारको समयमा आक्रमण गरिएको थियो ।
समाचार एजेन्सी एपीले आक्रमण स्थलमा रगतको नहर बगेको जस्तो देखिने भन्दै अरु धेरै मानिसको हताहती भएको हुन सक्ने अनुमान गरेको छ ।
साउदी गठबन्धन सेनाले अहिले सम्म ६ हजार भन्दा बढी मानिसको ज्यान लिईसकेको छ ।
सन् २०१४ मा हुति विद्रोहीले राजधानी सना कब्जा गरे पछि गठबन्धन सेनाले आक्रमण थालेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी